रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ६ सवगढ़ा देखि पछिम रहेको लालबकैया नदीमा मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको स्परको सोमबार स्थलगत अनुगमन निरीक्षण गरिएको छ ।
प्रदेश सरकारकोको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा गौर नगरपालिका संरक्षण कार्यक्रम अन्तर्गत बांध सहित बस्ती बचाउने उदेश्यले निर्माण गरिएको २ वटा स्परको जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय रौतहटको अनुगवाईमा प्राविधिक सहित संचारकर्मीहरुको टोलीले अनुगमन निरिक्षण गरेको हो ।
बाढ़ीको बेलामा बांध कटानको उच्च जोखिम रहेको ठाउमा पानीको तीब्र बहावबाट हुन सकने बांधको क्षति लाइ नियन्त्रण गर्नको लागि गौर नगरपालिका संरक्षण कार्यक्रम अन्तर्गत मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले पठाएको श्रमदान सहित ५० लाखको लागतमा उपभोक्ता समिति मार्फत २ वटा स्परको निर्माण कार्य संपन्न गराइएको डिभिजन प्रमुख सुमन कुमार झा ले जानकारी गराएका छन ।
प्रदेश सरकारको मातहतको मन्त्रालयको निर्देशन अनुसार गौर नगरपालिकाले जोखिम पूर्ण भएको ठाउ छनौट गरी उपभोक्ता समिति गठन समेत गरी दिएको आधारमा योजना कार्यान्वयन गरिएको प्रमुख झा ले प्रस्ट परे ।
स्पर निर्माणमा जग्गा विबादले समस्या उत्पन्न भएको बताउँदै नगरपालिकाको सहकार्यमा निर्माण कार्य संपन्न हुन पुगे उनले भने बाढ़ीको बढ़ी जोखिम रहेको सो ठाउमा स्पर निर्माण भएपछि सींगो गाउ सवगढ़ा सहित नगरपालिका सुरक्षित हुने बताए ।
१५मीटर लामो र १२ मीटर चौड़ा तथा ०.८० मोटाई भएको लांचिंग रहेको बताउँदै प्रमुख झाले थ्री लेयर को स्पर बनाइएको जनाए ! २ लाख ४४ हजार ५७० रुपैया जनश्रमदान तथा ४८ लाख ३ हजार ३५१ रुपैया मन्त्रालयको अनुदान सहित ५० लाख ४७ हजार ९२१ रुपैयाको लागतमा प्राविधिकको प्रत्यक्ष निगरानीमा निर्माण कार्य संपन्न भएको छ ।
तार जालीमा ढुङ्गा हालेर बनाइएको स्परको माटो पूरने कार्य मात्र बाकि रहेकोले त्यों कार्य पनि छिटै संपन्न गराउने डिभिजन कार्यालयका इंजिनियर नागेंद्र साहले जानकारी गराएका छन ।
बागमती नदी र लालबकैया नदीको विचमा रहेको गौर नगरपालिका बाढ़ी डुवानको उच्च जोखिममाँ रहेको हुदा बाढ़ी बाट हुन सकने भौतिक तथा मानवीय क्षतिलाइ न्यूनीकरण गर्ने उदेश्यले मधेश प्रदेश सरकारले योजना ल्याएको इंजिनियर साहको भनाइ रहेको छ ।
स्पर निर्माण भएपछि सुरक्षित हुन सकने आशा पलाएको र यस कार्यबाट हर्षित रहेको स्थानीयहरुले बताएका छन । केहि व्यक्तिले स्पर निर्माणको कार्य लिएर सामाजिक संजालमा भ्रम फैलाएको भएपनि त्यस्तो कार्य नभएको समेत स्थानीयले दावी गरेका छन ।
स्पर निर्माणले बाँध सुरक्षित :-डिभिजन प्रमुख झा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।