काठमाडौँ ।। प्रतिनिधिसभामा आजदेखि प्री बजेटका बारेमा प्रारम्भिक छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले उक्त आजदेखि तीन दिनसम्म गर्ने निर्णय गरेको हो ।
जसअनुसार वैशाख २५ देखि २८ गतेसम्म प्री बजेटका बारेमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए ।
प्री बजेटमाथि आज बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गरिने छ ।
छलफलको अन्तिम दिन अर्थात वैशाख २७ गते अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिने गरी कार्य तालिका तय भएको छ ।





