रौतहट ॥ रोग अनुसारको उपचार गर्न गराउन प्रयोगशालाको महत्वपूणर् भुमिका हुने माधवनारायण नगरपालिकाको नगरप्रमुख बैजनाथ यादव(बैजु)ले बताउनु भएको छ ।
माधवनारायण नगरपालिका वर्डा नं. ६ माधोपुरमा जनस्वास्थ्य प्रयोगशालाको उदघाटन गर्दै नगर प्रमुख यादवले, अनुमान र लक्षणको आधारमा दिईने औषधी उपचारको अन्तय र रोग पहिचान गरि सहि उपचारको आजबाट पालिका भित्रै शुरुआत भएको बताए ।
मधेश प्रदेश सरकार एवं स्थानीय तह विचको सहकार्य कार्यक्रम अन्तरगत माधावनारायण न.पा. जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य चौकी माधोपुरमा उदघाटन गरिएको हो ।
उदघाटन कार्यक्रममा नगरउपप्रमुख निर्माला देवी रमण, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, वार्ड नं. ६को वडा अध्यक्ष रामनेरश राय, वडा नं. ४का अध्यक्ष रामदेनी मुखिया, वार्ड नं. ९ रामकिशोर साह, स्वास्थ्य शाखा प्रमुख श्याम जी राय, प्रशासन शाखा प्रमुख पृथ्वी यादव, स्वास्थ्यकर्मी नेकमहम्द हुसैन लगायतका स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि एवम् स्थानीय वासीहरुको सहभागिता रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश प्रयोगशाला नगरवासीको स्वास्थ्य समस्या सामाधनमा उपयोगी :- मेयर बैजु यादव





