काठमाडाैं ।। एसीसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको हो ।यूएईले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।
नेपाललाई जीतसम्म डोहोर्‍याउने क्रममा शानदार साझेदारी गर्दै गुल्सन झाले ६७ र भीम सार्कीले ३६ रन जोडे । यसअघि आसिफ शेख ८ तथा कप्तान रोहित पौडेल र ओपनर कुशल भुर्तेल १/१ रनमा आउट भएका थिए ।
वर्षाले प्रभावित भएपछि दुई दिन लगाएर खेल भएको हो । अघिल्लो दिन यूएईले ९ विकेट गुमाएर १०६ रन जोड्दा वर्षाले खेल अवरुद्ध भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here