जनकपुर ।। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरेका छन् । आइतबार जनकपुरमा अनुचित लेनदेन मिटरब्याज सम्बन्धि जाँचबुझ आयोगको केन्द्रय कार्यालय उद्घाटन गर्दै उनले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने र मिटरब्याजीको पक्षमा रहेका जोसुकैलाई पनि सरकारले कारबाही गर्ने चेतावनी दिए । आयोगलाई समान्य नबुझ्न उनले आग्रह गरे । ‘विगतमा आयोग बन्यो, प्रतिवेदन बुझायो जस्तो यो जाँचबुझ आयोग होइन । यस्तो नठान्नु होला । यो पीडितको न्याको लागि र पीडिकको कारबाहीको लागि खरो उत्रिन्छ’ उनले भने ।
विद्यमान कानुन संशोधन गरेर मिटरब्याज समस्या समाधान गर्ने उनले बताए । ‘विद्यामान कानुन संशोधन गरेर मिटरब्याजीलाई अनुचित लेनदेनको प्रकरणलाई राखेर पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउँछौं’ उनले भने ‘यसको लागि छुट्टै कानुन बनाएर संसदले छिट्टै पारित गर्ने गराउने हाम्रो तयारी छ । मिटरब्याजीले घरजग्गा नै पास गरेर लिइसकेको अचल सम्पतिलाई समेत रद्द गर्ने कानुनमा संशोध गर्ने उनको भनाई छ ।
‘घरजग्गा नै लिइसकेका छन् भने त्यसलाई रद्द गर्ने कानुन संशोधन हुन्छ । लिनु पर्ने भन्दा बढी रकम पीडितबाट लिएका छन् भने फिर्ता गराउने प्रावधान कानुनमा राख्ने तयारी भइरहेको छ’ मन्त्री श्रेष्ठले भने ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here