काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । हालै सम्पन्न उपनिर्वाचनबाट लामिछाने पुनः सांसद बनेकामा प्रधानमन्त्रीले बधाई दिएका हुन् ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर प्रधानमन्त्रीले उनलाई बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसक्रममा अरू विषयमा छलफल नभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए । “प्रधानमन्त्रीज्यूले उहाँ (रवि लामिछाने)लाई खादा लगाइदिएर बधाई दिनुभयो,” अरू कुनै विषयमा छलफल भएको छैन, त्यति नै हो ।”
लामिछाने पुनः सांसद बनेपछि पहिलोपटक बालुवाटार पुगेका हुन् । उनी यही वैशाख १० गते भएको उपनिर्वाचनबाट भारी मतान्तरसहित निर्वाचित भएका हुन् । गएको मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट भारी मतान्तरले नै निर्वाचित उनले नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए । पुनः सोही ठाउँबाट प्रतिस्पर्धा गरेर सांसद बनेका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here