दाङ ।। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत मागेका छन्। साेमबार बसेकाो प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनः विश्वासको मत मागेका हुन्।
यस्तै, प्रदेशसभा बैठकमा बिशेष सम्बाेधन गर्दै उनले संघीयता कार्यान्वयनकाे लागि आफ्नाे नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताएका छन्। मुख्यमन्त्री गिरीले जनताका भावना, आकांक्षा र विश्वासको कदर गरेर नै लुम्बिनी प्रदेशलाई देशभरका प्रदेशहरूमा अब्बल प्रदेश, उत्कृष्ट प्रदेश सरकार र प्रभावकारी प्रदेश बनाउन प्रयत्न गरेकाे बताए।
‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’उनले भने,’यसरी तयार गरिएका आधारहरू साकार हुँदा भविष्यमा अझ सफलता देखिने निश्चित छ। हामीले संघीयता कार्यान्वयनका मुल मुद्दाहरू पहिचान गरी तिनीहरूको समाधान खोज्न संघीय सरकारसँग पटक-पटक भेटघाट तथा पत्राचारसमेत गरी समस्या समाधानको लागि निरन्तर प्रयास गरेका छौँ।’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले मागे विश्वासको मत
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।