रौतहट ।। नयाँ बर्ष २०८० तथा जुड़शीतलं पर्वको अवसरमा शनिवार रौतहट जिल्लाको सदरमुकाम गौरमा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका संपन्न भएको छ । अमेरिकामा बस्दै आएका प्रकाश भाई मधेशियाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बरिष्ठ पत्रकार प्रभात कुमार झाले नेपालमा रहेका बेला मधेश आन्दोलनमा विधार्थी नेताको रुपमा अहम् भूमिका निर्वाह गरेका प्रकाशले बिदेशी भूमिमा बसेर पनि आफ्नो स्वाभिमान ,पहिचानलाइ कायम राख्नु गौरवको कुरो भएको बताएका छन ।
अमेरिकामा बसेर मधेश र मधेशीको हक अधिकार ,पहिचान को पक्षमा निरन्तर वकालत गर्नु सकारात्मक पक्ष रहेको उल्लेख गर्दै मधेश आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाइ सस्थागत गर्नु मुख्य चुनौतिको विषय रहेकोले मधेशवादी दललाइ एक जुट भएर अघि बढ्नु पर्ने जोड़ दिए । बैशाख १० मा बारा २ मा हुन गइरहेको निर्वाचनमा २ धारका राजनितिक देखापरिरहेको नेपाल पत्रकार महासंघ रौतहटका पूर्व सभापति रविन्द्र प्रसाद साहले बताए ।
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव लाइ अर्का मधेशवादी दलका रुपमा आएका सीके राउत नेतृत्वका पार्टी जनमत पार्टीले विरोध गर्नु औचित्य नरहेको टिपण्णी गरे । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचंद्र झा ले युवा नेता प्रकाश भाई मधेशियाको मधेशबाद चिन्तन युवा पीढ़ीका लागि प्रेरणा को रुपमा लीन सकिने बताएका छन । मधेश २०६२÷०६३ मा रौतहटमा विद्यार्थी नेतामा सराहनीय भूमिका निर्वाह गरेका प्रकाश ले अमेरिका गएपछि बेला बेलामा सहयोग गर्ने गरेको बताए ।
कोरेना कालमा संचारकर्मीहरुलाई सहयोग गरेका युवा नेता प्रकाश ले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका शहीद परिवारलाइ बलिदानी दिवसको अवसरमा निजी स्रोतबाट सहयोग गर्दै आएको बताए । र वर्ष पछि नेपाल आफ्नो घर फर्केका प्रकाश भाई मधेशियाले जिल्लाका संचारकर्मीहरुलाई भेला गरेर मधेशवादी दल को अवस्था ,मधेशका मुद्दाको कार्यान्वयन प्रति चासो रहेका छन । मधेश आन्दोलनको बेला उठाएका एजेंडा सस्थागत गर्नलाइ उपेन्द्र यादवलाई सदन भित्र उपस्थति अनिवार्य भएकोले बारा २ का मतदाताले निर्वाचित गराउने विस्वास व्यक्त गरे ।
उनले उपेन्द्र यादव , राजेंद्र महतो ,डाक्टर सीके राउत जस्ता नेता निर्वाचित हुनु पर्ने आवश्यक भएको जिकिर गर्दै बारा २ मा उपनिर्वाचनमा जनमत पार्टीको भूमिका गतिविधि देख्दा डाक्टर राउत प्रति नकारात्मक टिप्पणी गर्नु पर्ने इच्छा भई रहेको बताए । भर्खर राजनितिकमा आएका राउत ले मधेशवादी नेताको विरोध गर्नु अराजनीतिक संस्कार देखाएको टिपण्णी गरे । संघीयता , पहिचान ,सस्थागत गराउन संघर्षको आवशयक रहेकोले साशक बर्गले विभेदको राजनितिक गरेर मधेश लाइ कमजोर पर्ने सड़यंत्रण गरिरहेकोले मधेशी ,दलित , मुस्लिम , जनजाति .आदिवासीलाइ सचेत हुनु पर्ने समय रहेको जनाए ।
धर्मेन्द्र साहले सञ्चालन गरेका भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष दिनेश यादव , प्रेस मंच नेपालका जिल्ला अध्यक्ष किशोरी यादव लगायत जिल्लाका विभिन्न संचार माध्यममा आवद्ध भएका पत्रकारहरुको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here