काठमाडौं ।। माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टी प्रवेश गरेका छन्। १० वैशाखमा हुने बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बन्ने गरी अध्यक्ष डा.सिंके राउतले कुशावाहालाई पार्टीमा प्रवेश गराएका हुन् ।
गएको ४ मंसिरमा भएको निर्वाचनमा कुशवाहा माओवादीवाट त्यस क्षेत्रमा प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका थिए।
उपराष्ट्रपति रामसहाय यादवसँग चार सय मतले पराजित भएका कुशवाहा उपनिर्वाचनमा माओवादीवाट उम्मेदवार बन्ने सम्भावना नदेखे पनि जनमत पार्टी प्रवेश गरेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।