रौतहट ।। रौतहटको ईशनाथ नगरपालिकामा मंगलवार राति दुई वटा घरमा भएको आगलागीमा जलेर एक जना बालिकाको मृत्यु भएको छ भने लाखौँको क्षति भएको छ।
ईशनाथ नपा ६ जयनगर निवासी मजीबुल रहमानको घरमा मंगलवार राति करिब १० बजे आगलागी भएको थियो। आगलागीको क्रममा घरभित्रै सुतिरहेकी रहमानको ११ बर्सिया छोरी रजिया खातुनको जलेर मृत्यु भएको रौतहट प्रहरीले बताएका छन्। आगलागीबाट घरपालुवा जनावर , लत्ताकपडा,अन्न, तथा केही गहना सहित लाखौँको समान जलेर नष्ट भएको छ ।
रहमानको घरबाट सल्किएर छिमेकी शेख ईरसादको गोठ जलेर दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी जयनगर तथा गाउँलेको सहयोगमा आगलागी नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको भए पनि लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here