जनकपुर ।। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनकपुरधाममा निर्माणाधिन अन्तर्राष्ट्रिय रामजानकी रंगशालालाई सुविधा सम्पन्न बनाउन दुई अर्ब रुपैयाँ दिने घोषणा गरेको छ ।
बुधबार जनकपुरधाम उपमहानगरपालिका १४ रजौलस्थित निर्माणधीन रंगशालाको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री यादवले यस्तो घोषणा गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको अनुदान स्वरूप घोषणा गरेको एक अर्ब र मधेश सरकारले थप एक अर्ब गरी दुई अर्ब रुपैयाँ लगानी गरेर रंगशालालाई पूर्णता दिने मुख्यमन्त्री यादवले बताए ।
उनले देशकै सुविधासम्पन्न नमुना रंगशाला बनाएर र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने समेत घोषणा गरे ।
२०७४ सालमा राष्ट्रिय खेलकुद परिषद् राखेपले तीन वर्षभित्र जनकपुरधाममा सुविधासम्पन्न रंगशाला बनाउने भन्दै रंगशाला निर्माणका लागि लक्ष्मण मन्दिरको १७ बिघा जग्गा ३० वर्षका लागि गुठी संस्थानसँग भाडामा लिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here