काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते सोमबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले पार्टीका सांसद तथा मन्त्रीलाई उक्त दिन कतै कार्यक्रम नपार्न निर्देशन दिइसकेको बताइन्छ ।
नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै वर्तमान सरकाराबट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएका छन् ।
यसबीच, एमाले तथा राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिइसकेका छन् भने रास्वपाले भने समर्थन कायमै राखेको छ ।
प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिएपछिमात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी भैरहेको बताइन्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।