वीरगंज ।। त्रिभुवन विश्वविद्यालय मातहत पर्ने ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हालका लागि स्थगित भएको छ।
निर्वाचन अधिकृत रोशन लामिछानेले विज्ञप्ति जारी गर्दै असहज परिस्थितिलाई मध्यनजर गर्दै जेठ १३ पछि चुनावको कार्यक्रम सुरु गर्ने बताएका छन्।
मनोनयन दर्ताको दिन विद्यार्थीहरुको संघसंगठनले विद्यार्थीको नमावलीमा आपत्ति जनाउँदै क्याम्पसमा तालाबन्दी गरेका थिए। त्यसपछि विद्यार्थीको नमावलीलाई लिएर विवाद चल्दै आएको छ।
विद्यार्थी संघसंगठनले पटकपटक तालाबन्दी ,आगजनी तथा मतदाता नामावलीको विषयलाई लिएर समेत गरिरहेको अवस्थामा चुनाव गराउन असहज भएपछि निर्वाचन अधिकृत लामिछानेले सर्वदलीय राजनीतिक दलका जिल्ला तहका प्रतिनिधिलाई छलफलको लागि बोलाएका थिए। उक्त छलफलमा हालको प्रतिकूल परिस्थिति एवं त्रिविको वार्षिक परीक्षालाई असर नपर्ने गरि स्ववियु चुनावलाई जेठ १३ पछि गर्ने गरि त्रिभुवन विश्विद्यालयलाई समेत सिफारिस गरेको जनाइएको छ। देशभरका क्याम्पसमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने चैत ८ गते गर्ने गरि निर्वाचन कार्यतालिका निर्वाचन समितिले फागुन २९ गते सार्वजनिक गरेको थियो ।
ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।