काठमाडौं ।। उपराष्ट्रपति निर्वाचनका लागि मंगलवार मध्यरातीदेखि मौन अवधि प्रारम्भ भएको छ । उपराष्ट्रपति निर्वाचन शुक्रवारका लागि तोकिएको छ ।
मौन अवधिभर निर्वाचनका उम्मेदवारले प्रचार–प्रसार तथा मत माग्न पाइँदैन । उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् ।
निर्वाचनमा सामसहायलाई सत्ता गठबन्धनको साथ छ भने अष्टलक्ष्मीलाई विपक्षी दलको सहानुभुति छ । जनमतकी ममतालाई मधेसवादी दल लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको सहयोग छ ।
उपराष्ट्रपति निर्वाचनमा जसपाकै प्रमिलाकुमारी यादवले पनि उम्मेदवारी दिएकी थिइन् । तर, उनले पछि उम्मेदवारी निष्कृय पारेकी छिन् ।
उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्यहरुले मत हाल्न पाउँछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here