काठमाडाैं ।। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी मुलुक चीनका समकक्षी सी चिन फिङले बधाई दिएका छन् । चिनियाँ दूतावासमार्फत आज एक विज्ञप्ति जारी गर्दै सन्देशमा सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत छिमेकी भएको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै यी दुई बीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गर्दै स्वस्थ र स्थिर विकास भएको उल्लेख गरेका छन् । यसअघि भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पनि पौडेललाई बधाई दिएकी थिइन्।
पौडेल फागुन २५ गते नेपालको तेस्रो राष्‍ट्रपतिमा निर्वाचित भएका थिए। उनले हिजो (सोमबार) शपथ ग्रहण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here