काठमाडौं ।। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज साेमवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेकाे छ । आज दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा विशेष समारोहकासाथ पौडेलले शपथ ग्रहण गर्ने कार्यक्रम छ । उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । शपथपछि पौडेल पाँच वर्षका लागि शीतलनिवासमा बस्नेछन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् । यता, लगातार दुई कार्यकाल पूरा गरेकी राष्ट्रपति बनेकी भण्डारी आज शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here