रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर २ बानेश्वर नाथ मन्दिर देखि पछिममा रहेको लाल बकैया नदीमा निर्माण हुने झुलुङ्गे पुलको आइतवार शिलान्यास संपन्न भएको छ ।
स्थानियलाई आवत जावत गर्नमा सहजता पुग्ने उदेश्यले निर्माण हुन लागेको झुलुङ्गे पुलको गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले भूमि पूजन गरेका हुन ।
स्थानीय तहको निर्वाचनमा गरेका घोषणा अनुरूप झुलुङ्गे पुलको शिलान्यास गरिएको मेयर साह ले बताएका छन । उहाले आफुले घोषणा गरेका योजनाको शिलान्यास गर्न पाउदा हर्षित भएको बताए ।
४ करोड़ भन्दा बढ़ी रकमको लागतमा निर्माण हुने पुलको लम्बाई २ सय ७१ मीटर रहेको नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरले बताएका छन ।
टी. वि. यु. एस. ÷ हेलीभटास को सहयोग तथा गौर नगरपालिकाको आयोजनामा शिलान्यास भएको झुलुङ्गे पुलको निर्माण कार्य पनि छिटै शुरू हुने बताइएको छ ।
शिलान्याश कार्यक्रममा निर्वाचित वड़ा अध्यक्ष विनोद चौधरी , संजय गिरी , अर्जुन सिंह ,लगायतका जनप्रतिनिधि ,बुद्धिजीवी ,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
आफुले घोषणा गरेका योजनाको शिलान्यास गर्न पाउदा हर्षित :- मेयर साह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












