राैतहट।। राैतहटको एक माध्यमिक विधालयका प्रधानाध्यापकलाई आफनै विधालयका शिक्षकले  कुटपिट गरेको प्रहरीले बताएका छन । दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ स्थित सरस्वती माध्यमिक विधालय पिपरा भलोहियाका प्रधानाध्यापक कृष्ण कुमार पंकजलाई सोही विधालयका शिक्षक विकास महतो विहान साढे दस बजे कुटपिट गरेको ईलाका प्रहरी कार्यालय गंगा पिपराका प्रहरी नायव निरिक्षक बैजुलाल यादबले बताए ।  

सोही विधालयमा करार शिक्षकको रुपमा कार्यरत रहेका साह तलबको निहुँमा प्रधानाध्यापकलाई मुक्का र लातले कुटपिट गरेको हो । प्रधानाध्यापकलाई कुटपिट गर्ने शिक्षक साहलाई आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय राैतहट पठाएको प्रहरी नायव निरिक्षक यादवले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here