काठमाडौँ ।। उपराष्ट्रपतिमा जसपाका दुवै जना उम्मेदवारी कायम रहने भएका छन्। रामसाहायप्रसाद यादवको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएपछि जसपाकै प्रमिला कुमारी यादवको उम्मेदवारी फिर्ता लिएर एउटा मात्रै राख्ने प्रयास भए पनि विफल भएको हो।
रामसाहायको उम्मेदवारी कायम भएपछि प्रमिलाको फिर्ता गराउन जसपा नेताहरुको बैठक सिंहदरबारमा बसे पनि निर्णय लिन सकेन। बैठक बस्दा बस्दै उम्मेदवारी फिर्ता लिने समय सकिएको हो।
प्रमिलालाई उम्मेदवारी फिर्ता लिन भने आग्रह गरे पनि उनले नमान्दा पार्टीबाट दुवै जनाको उम्मेदवारी कायम भएको हो। सत्ता गठबन्धनले उपराष्ट्रपति जसपालाई दिने निर्णय गरेको छ।
रामसाहायप्रति एमालेले उजुरी दिएपछि प्रमिलाको पनि उम्मेदवारी शनिबार दर्ता भएको थियो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब मतपत्रमा चारवटै उम्मेदवारको नाम रहने भएको छ। कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिने अवधि दिउँसो ४ बजे सकिएको हो।
उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी परेको छ। त्यस्तै जनमत पार्टीले ममता झालाई पनि उम्मेदवार बनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here