काठमाडौं ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्वार्थका लागि कसैको जीवन जान नहुने बताएका छन् । सुखानी सहिद दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न कारण विगतमा हत्या भएको सम्झँदै अब त्यस्तो हुन नहुनेमा जोड दिए ।
राजनीतिलाई छलछालम र षड्यन्त्रको खेलो बनाउन नहुने उनले उल्लेख गरे ।
“नेपालमा शान्ति छाओस् । अरू कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने नहोस् । न्यायका लागि होइन, आफ्नो स्वार्थको लागि कसैको जिन्दगी जाने नहोस्,” उनले भने, “राजनीतिलाई छलछाम र षड्यन्त्रको खेलो नबनाइयोस् । राजनीतिलाई समाज रूपान्तरणको आदर्श बनाइयोस् ।”
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।