काठमाडाैं ।। सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई माओवादी केन्द्रले विश्वासकाे मत दिने भएकाे छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासकाे मत दिने निचाेडमा माओवादी पुगेकाे हाे । दिउँसाे १ बजे बस्ने प्रदेशसभाकाे बैठकमा शाहले विश्वासकाे मत लिने कार्यसूची छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासकाे मत दिने बताइसकेकाे छ । माओवादी र नाउपाकाे समेत साथ पाउने भएपछि मुख्यमन्त्री शाहले प्रदेशसभाबाट प्रचण्ड बहुमत पाउने निश्चित भएकाे छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।