काठमाडौँ ।। राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले सांसदहरुको अभिमुखिकरण कार्यक्रम गर्न लागेको छ । नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरुलाई आज प्रशिक्षण दिने कार्यक्रम रहेको हो ।
८ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागी हुने छन् । काठमाण्डौको तीनकुनेस्थित रोयल व्याङ्क्वेटमा बिहीबार दिउँसो १ बजेदेखि अभिमुखिकरण कार्यक्रम सुरु हुने छ ।
पार्टीका शीर्ष नेताहरूले सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।