काठमाडाैं ।। निर्वाचन अधिकृतको कार्यालयले बुधबार मतदाता नामावली सार्वजनिक गरेको छ। जसमा संघीय संसद्का ३३१ जना र प्रदेश सभाका ५५० सदस्यको नाम सार्वजनिक गरेको हो।
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका ३३४ जनामध्ये ३१ जनाको मात्रै नाम सार्वजनिक गरिएको हो। रवि लामिछानेको सांसद पद खारेज भएपछि चितवन-२ मा प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको छ।
बाँकी दुई जना प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङ र अरुणकुमार चौधरीले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका हुन्। कांग्रेस सांसद गुरुङ निलम्बनमा परेका छन्। उनी भष्ट्राचारको अभियोगमा निलम्बनमा परेका हुन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी पनि निलम्बनमा परेका छन्। उनलाई फागुन १९ गते प्रहरीले पक्राउ गरेपछि निलम्बनमा परेका थिए। राष्ट्रपतिबाट माफी पाएर रिहा भए पनि निलम्बन फुकुवाको जानकारी नआएकाले मतदाता नामावलीमा समावेश नगरिएको निर्वाचन आयोगले जनाएको छ।
अब राष्ट्रपति निर्वाचनमा ८८१ सांसदले मतदान गर्न पाउनेछन्। निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावलीमा उजुरी दिन फागुन ११ गते दिउसो १२ बजेसम्मको समय दिएको छ। त्यसपछि मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ।
दुई सांसदले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।