सिरहा ।। राजपुरमा आफ्नै स्टाफ बाट प्रअ कुटियो बिथिती नै बेथिति रहेको श्री जनता माध्यमिक बिदालय राजपुर (प्रा) मा आफ्नै स्टाफ बाट प्रधानाध्यापक कुटिएको छ । पैसाको हिसाब किताबको लागी बसिएको बैठमा चर्काबाजी हुँदै आफ्नै लेखापाल सरोज कुमार यादव बाट कुटिएको प्रधानाध्यापक शत्रुधन यादवले जनाएको छ ।
प्रधानाध्यापक यादवले बिगत केहि दिन देखी विद्यार्थीसँग उठाएको शुल्क बिदालयको खातामा बिदालयका लेखापाल सरोज यादवले जम्मा नगरेको आरोप लगाउँदै प्रधानाध्यापक यादवले आफू सम्पुर्ण शिक्षक स्टाफ कर्मचारीहरुले हिसाबकिताब गर्न बैठक बसिरहेकै बेला आफू माथी लेखापालले दुव्र्यवहार गरेको जनाएको छ । उता लेखापाल यादवले भन्ने आफूले हातपात केही नगरेको र प्रधानाध्यापक यादवले आफू सँग बैंक चेक मागँदा मैले चेक दिन नमानेका कारण बिवाद सल्किएको जनाएको छ ।
लेखापाल यादवले प्रअ माथी बिदालय किन नाअएको र बिगतमा बिदालयको विभिन्न शिर्षकमा भएको हिनामिनाको दोषारोपण गर्दै आफू र प्रअ संग भएको गाँईगुँई बाहिर फैलिएको बताए । लेखापाल यादवले भने म सँग बिदालयको प्रधानाध्यापक शत्रुधन यादवले कानुन बिपरित विद्यार्थी हरु बाट शुल्क उठाउन लगाए ।
आफुले पनि ६ सय शुल्क लिनुपर्ने ठाउँमा रसिद नै काटेर १ हजार रुपैया उठाएको बताए । त्यस रुपैया बाट शिक्षक स्टाफहरुको लागी ब्याग खरिद गर्ने प्रधानाध्यापकको योजना रहेको सुनिएपछी आफू त्यस सँग असहमत रहेको भन्दै सरकारी बिदालयमा पढने गरिब विद्यार्थीहरुको पैसा फिर्ता हुनुपर्ने माँग उठाएको लेखापाल यादवले जनाए । लेखापाल यादवले भन्ने विद्यार्थी बाट उठाइएको राजश्व रकम र फजुल शुल्क समेत बिदालयको खातामा जम्मा हुनुपर्ने तर अहिले सम्म नगरेको आफू जम्मा नगरेको बताए ।





