राैतहट ।। पुल निर्माणको कार्य अघि बढाउन मांग गर्दै आमरण अनसन बसेका पत्रकार संजय सहनीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ ! ९ बर्ष देखि गौर टिकुलिया सड़क खण्डको लाल बकैया नदीमा अलपत्र रहेको पुलको समयमा नया थक्का व्यवस्थापन गरी पुल निर्माणको कार्य अगाडी बढाउनु पर्ने मांग गर्दै सोमवार राति देखि पुल नजिक आमरण अनसन बसेका सहनिको सवास्थ्य अवस्था बिग्रिदै गरेको हो !

पप्पू कंस्ट्रकशनको लापरवाहीको कारन २०७१/३/२४ मा समझौता भएको पुलको निर्माण कार्य अहिले सम्म संपन्न नभई अलपत्र अवस्थामा रहेको कारन स्थानीयलाइ नदी वारी पारी गर्न हुदै आएको समस्या देखेर संचारकर्मी सहनी सरकार तथा सम्वन्धित निकायको विरुद्ध आमरण अनसनमा बसेका हुन ! अनसनमा बसेका सहनीको शरीरमा पानीको मात्रा कम भएकोले स्वास्थ्यमा समस्या देखिन थालेका उपचारमा संलग्न चिकित्सक डाक्टर राम शंकर ठाकुरले बताएका छन !

गौर नगरपालिका र ईशनाथ नगरपालिका जोड़ने मुख्य सड़कमाँ निर्माणधीन रहेका लाल बकैया पुलको नेपाल सरकारले समयमा निर्माण कम्पनी माथि क़ानूनी कार्यवाही नगरेकोले पुल निर्माणको कार्य अधुरो रहेको स्थानीय राम नरेश यादवले बताएका छन ! गौर नगरपालिका वड़ा नंबर ४ टिकुलिया र ईशनाथ नगरपालिका वड़ा नम्बर १,२,३,४,का स्थानीयहरु सहनिको साथमा उभिएका छन ! स्थानियहरुले सहनीले उठाएका मांग छिटो भन्दा छिटो सम्वोधन गर्न नेपाल सरकार सीत मांग गरेका छन ! मांग सम्वोधन नभए तिनै तहका सरकार प्रमुखको पुतला दहन गरी विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन ! ९ बर्ष देखि अलपत्र रहेको पुलको निर्माण कार्य को लागि रौतहटबाट प्रतिनिधित्व गर्ने कुनै पनि राजनितिक दलका नेताहरुले सरकारलाइ दवाव नदिएको कारन टिकुलिया बासी लगायत जिल्ला बासी दुःख भोग्नु परिरहेको सहनिको आरोप रहेका छ !

नेपालमा संघीयता आउनु भन्दा पहिला शिलान्यास भएको पुलको निर्माण कार्य संघीयताको ६ वर्ष वितिन लाग्दा पनि निर्माण कार्य हुन नसकेको गुनासो स्थानीयहरुको रहेको छ ! बर्षको समयमा नदीमा बाढ़ि आउदा ढुङ्गाबाट ज्यां जोखिममा राखेर स्थानीय ओहोर दोहर गर्ने गरेको पीड़ा रहेका छन ! पुल निर्माण नहुँदा २०७५ साल भद्रा ९ गते डूंगा दुर्घटना हुदा टिकुलियाको ५ जनाको ज्यान गएको स्मरण गर्दै संचारकर्मी सहनीले सरकारले पुल बनाउने की जनताको ज्यानको आहुति लिने भनी सरकार माथि आक्रोश पोखेका छन !

७ वटा पिलर संख्या भएको सो पुलको लम्बाई २ सय २५ मीटर रहेकोमा निर्माण कम्पनीले गुणस्तरयुक्त भौतिक प्रगति ४५ प्रतिशत मात्र गर्न सकेको सड़क डिभिजन कार्यालय रौतहटको तथ्यांकले पुस्टि गरी रहेको छ ! वित्तीय प्रगति ३८ प्रतिशत रहेको डिभिजन कार्यालयका प्रमुख दरोगा साहले जनाएको छ ! निर्माण कार्य गर्न तागेदा गर्दा समेत निर्माण कम्पनीले बस्ता नगरेकोका ठेक्का रद गरिएको प्रमुख साहले बताए ! ठेक्का रद गरिएक पनि नेपाल सरकारको भौतिक पूर्वाधार मंत्रालयले अहिले सम्म नया बेलपत्र आव्हान गर्न सकेको छैन ! री स्टीमेट गरी स्वीकृतिको लागि सम्वन्धित मंत्रालयमा पठाइएको डिभिजन प्रमुख साहको भनाइ रहेको छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here