रौतहट।। रौतहटको गौर -टिकुलिया लालबकैया खोलामा बनेको अलपत्र रहेको अधुरो पुलको निर्माण गराउन दवाव दिने आज बाट गौर निवासी पत्रकार सन्जय सहनीले आमरण अनशनमा बसेको छ ।

आमरण अनशन बस्नु पुर्व फेसबुकमा सहनीले आफ्नो फेसबुकमा एउटा स्टेट्स लेख्दै अनशन सुरु गरेको हो ।

आदरणीय पत्रकार मित्रहरु,!
म रौतहट गौर -टिकुलिया लालबकैया खोलामा पप्पु कन्ट्रक्सनले अलपत्र परेको अधुरो लालबकैयाको पुललाई यथा शिघ्र निर्माणका लागि लालबकैया खोलाको बगरमा आज मिति २०७९ फाल्गुन १ गते सोमबार ७ बेलुकी देखि आमरन अनसन बसेको जानकारी गराउन चाहन्छु । समय मिले अनसन स्थलमा भेट्न आउनु होला 🙏🙏
मेरो अभियानलाई सकारात्मक सोचका साथ हेरि दिनुहुन्छ र निस्वार्थ ढंगले सहयोग गर्नु हुनेछ भन्ने सबै संग आसा र बिश्वास छ।

आमरण अनसन बाटै मुलुकका सम्मानिय प्रधानमन्त्री ,पुर्व प्रधानमन्त्री ,मन्त्री ,सभामुख,पुर्व मन्त्री,मुख्य मन्त्री ,सभामुख ,संसद ,पुर्व सांसद ,स्थानीय तह प्रमुख एवं सरोकारवाला सम्पुर्णमा नमस्कार !

हजुरहरु आरामै हुनुहुन्छ होला भन्ने आशा छ र रहनु होला पनि कामना छ।हामी जनताले दिएको मत र स्नेहले पाएको कुर्सी र क्याबिन हिटर र एसिले तातो होला पक्कै पनि र होस पनि ।तपाईहरुको जीवन सुखी र उमङ्गले बित्दै जाओस् ।

महङ्गी,बेरोजगारीको मार खेपी रहेको एक निरीह र लचार जनताले के भन्न सक्छ र ? एक आमरन अनसनकारी र आम नागरिकको हैसियतले एक आग्रह गर्न अनुमानि चाहन्छु ।
साथै हाम्रो मनमा रहेको कौतुहल्तालाई सुनेर गौर र ईशनाथ नगर बासीको पीडा र दु:खलाई हटाउनु हुनेछ भन्ने कुरामा आशावादी छु।

यो सानो आग्रह मेरो मात्रै होईन सम्पुर्ण गौर नपा र ईशनाथ बासी मात्रै होइन सिङ्गो रौतहटको हो भनेर बुझ्नु होला ।

तराईको चिसोको बाबजुद हामीले भोग्दै आएका पीडा र दु:खलाई सुनाउन र सरकार तपाईं सम्म पुर्याउन तथा समस्याको सामाधान गर्न घर छाडेर सुनसान बकैया खोलाको बगरमा अन्न पानी त्यागेर आमरन अनसन बस्न बिवस भएको जानकारी गराउन चाहन्छु ।

हजुर के गर्दै हुनुहुन्छ थाह छैन ।तपाई आफ्नो क्याबिन होटेल, महल ,एसिबाला फर्चुनर या ल्याण्डक्रुजरमा भए पनि लन्च डिनर जेमा भएपनि जहाँ भएपनि हातमा रहेको आईफोनको माध्यमबाट मेरो दुई शब्दलाई झर्को नमानेर पढनु र हेर्नू हुनेछ र मनन गर्दै यसको जवाफ दिनु हुनेछ भन्नेमा मेरो पूरा आशा र बिश्वास अनि अन्तिम भरोसा रहेको छ।

महोदय !
रौतहटको ईशनाथ र गौर नगरपालिका जोड्ने पुल सम्झौता गरेको १० बर्स पुग्न लाग्दा समेत निर्माण समपन्न नभई अलपत्र परेको सुन्नु भएको पक्कै होला?
गौर र ईशनाथका जनताले पुल नहुँदा डुंगा दुर्घटनामा परि दर्जनौं आमा बुबा दिदी बहिनीले ज्यान गुमाएको पनी सुन्नु भएको पक्कै होला?

धेरै सरकार बन्यो ,ढल्यो तर सम्झौता गरेको करिब १० बर्स हुन लाग्दा समेत पुल अलपत्र हुनु कारण के होला हामीलाई बुझाई दिनु होला ।यसको दोसि को त ?निर्माणका जिम्मा लिएर पुलमा गुणस्तर हिन सामाग्री प्रयोग गरि अलपत्र पारी भाग्ने पप्पु कन्स्ट्रक्सन कि सरकार ? यदि सरकार दोसि होइन भने लापरबाह ठेक्का कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सरकार बाट संरक्षण किन ?
अनि जेलमा कोच्नुको सट्टा पप्पुका मालिक हरिनारायण रौनियारलाई सांसद पद दिएर ,दर्जनौं ठेक्का दिएर मान संम्मान किन ?देश भरको सबै ठेक्का रद्द गर्न किन आना कानी??

•पप्पु कन्ट्रकसनले २०७१ सालमा सम्झौता गर्दा ०७४ माघ २९ मा काम सम्पन्न गर्ने तय भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन ंसडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७।२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर ३ वर्षभित्र निर्माण काम पूरा गर्ने पप्पु कन्स्ट्रक्सनले जनाएको थियो । पुलको पश्चिमतिरको दुईवटा गडरको काम भए पनि गुणस्तरहीन भएको सडक डिभिजनको ठहर छ । पप्पुले गरेको जालसाजी बारे थाह हुँदा हुँदै उ सङ टेन्डर खोसेर मात्रै भयो त ? उसको कारणले पुल निर्माण कति बर्स धकेलियो ?पप्पु संग क्षतिपुर्ति लिएर पुल निर्माण गर्ने कि पुनः रास्ट्रीय ढुकुटी रितो गर्न अर्को टेन्डर आह्वान गर्ने ? छिमेकी मुलुकको लोनको चपेटामा परेको मुलुकले पप्पुले गरेको गल्तीमा लगानी गर्दा ठिक होला त???

मलाई आमरन अनसन बस्नु कुनै रहर थिएन। तर तपाईंहरुको अन्धोपन र बहिरोपनलाई ठिक गर्न बाध्यबस अनसन बसेको हु ।
मेरो ज्यान गए केहि फरक पर्दैन ,म मरे पनि मेरो सन्तती र इशनाथ र गौर नगरपालिकाको आमाबुबा, दिदी बहिनी र दाजु भाईले पुलबाट ओहोरदोहोर गर्न पाओस् भन्ने चाहना छ।

•हिउँदमा लच्का बास र काठले बनेको पुल र बर्सामा डुङ्गाको भरमा यात्रा गरि ज्यानको बाजि कहिले सम्म लगाउछौ होला सरकार ?यो पनि जवाफ दिनुहोला ।पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतना लगायत दर्जनौं गाउँका बासिन्दलाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ ।
होइन भने पुल निर्माण नहुँदा खेती गर्न जानपरे,औरैया बाट सदरमुकाम गौर ,छिमेकी मुलुक भारत जान परे १५ देखि २५ किलोमीटर भन्दा बढी घुमेर आवत जावत गर्नु पर्ने सास्ती कहिले सम्म सहने ?

•सरकार अर्को कुरा पनि गौर -इशनाथको जनतालाई झुठा आश्वासन कहिले सम्म ?

•२०७५ भदौ ९ गते साँझ खेतमा काम गरेर फर्केकाहरू सबार डुंगा त्यही पुलको पिलरमा ठोक्किएर पल्टिँदा ५ जनाको ज्यान गएको थियो । डुंगामा सबार २४ जनाले पौडिएर ज्यान जोगाएका थिए । घटनालगत्तै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पुल हेर्न टिकुलिया पुगे । ठेकेदारको लापरबाहीले घटना भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति र अलपत्र पुल निर्माणको काम चाँडै सक्न पहल थाल्ने आश्वासन दिएर हिँडे ।उहाँको सरकार ५ बर्स टिक्यो तर पुल बनेन ।अहिले पनि उहाँ कै जसपाको नेतृत्वमा मधेस प्रदेश सरकार छ ।मुख्य मन्त्री जसपा कै राम सरोज यादब छन् केही होला कि सोध्न चाहन्छु?

•त्यसै घटनाको मृत्कलाई क्षती पुर्ती दिलाउन ठेकेदार माथी मुद्दा दिन लगाएर तत्कालीन नेकपाका नेता एवं पुर्व उर्जा राज्य मन्त्री सत्यनारायण भगत सहित मधेस प्रदेश कमिटी सदस्य एवं हाल गौर नगरपालिकाको मेयर शम्भु साह निकै सराहनीय भुमिका खेल्नु भएको कुरा याद छ।मृतकले क्षती पुर्ती पनि पाए ।तर उहाँले पनि पुल बनाउन पटक-पटक ताकेता गरेको र अब निर्माण कार्यमा ढिलाई हुन्न भन्नू भएको थियो ।उहाँ पद र पावरमा नभएर प्रयास बिफल भयो होला।तर अहिले मेयर हुनु भाछ केहि होला कि ? सोध्न चाहन्छु?

•त्यसअघि तत्कालीन नेकपाका बरिस्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधब नेपाल ,उहाँ अहिले रौतहट क्षेत्र न.१ का सांसद हुनुहुन्छ।रौतहट क्षेत्र न.१ का पुर्व सान्सद अनिल झा ,पुर्व मेयर अजय गुप्ता ,प्रदेशका पुर्व मन्त्री डिम्पल झा सहित उहाँ मात्रै होइन। तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ,बिकास समिती सभापति कल्यानी खड्का पनि पुल हेर्न टिकुलिया पुग्नु भएका थिए । पुलको अवस्था हेरेपछि उहाँहरुले ठेकेदारलाई कडाइ गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएको भन्नू साथै गाउँलेलाई पुल निर्माणको काम थाल्न पहल गर्छु भनेर हिँडेको दिन याद छ। अरु संग त होईन हाम्रो क्षेत्रको सान्सद माधव नेपाल संग सोध्न चाहन्छु हजुर बाट केही होला भन्ने आसा र अपेक्षा राखौ कि नराखौ??

•गतवर्ष तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ तत्कालीन नेकपाका प्रदेश दुई का अध्यक्ष पुर्व मन्त्री प्रभु साह सहित आएर पुल हेरेर फर्किएका थिए।अर्को चोटि सरकार फेरिपछि भौतिक मन्त्री बन्नु भएकी रेनु यादब पनि पनि पुल हेरेर फर्किएका थिए । उनको आश्सावन पनि पहिले आउने जानेभन्दा कम थिएन् । मन्त्री नेम्वाङ र यादबले पनि पुल निर्माणमा किन ढिला भएको हो भन्ने यथार्थ बुझ्ने र काम अघि बढाउन पहल थाल्ने भनेको कुरा याद छ।
यो त अति भएन र सरकार ?पुल हेर्न आउने जाने जनतालाई झुठा आश्वास र दिलासा कहिले सम्म दिनु हुन्छ?यसको जवाफ चाहिएको छ।
सरकारका मन्त्री र सासंदलगायतले अलपत्र पुल हेर्ने अनि चाँडै निर्माणको काम थाल्न पहल गर्छु भनेर हिँड्ने गरेको देखेर दिक्क लागे पछि आमरण अनसन बसेको र पुल निर्माणका लागि ३ तहको सरकारबाट ठोस प्रतिबद्धता आउनु पर्ने माग रहेको छ।

र अन्त्यमा सम्मानिय प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्ड ज्यु!

तपाई न्याय स्वतन्त्रता समानता र बर्गिय मुक्तिका निम्ति सर्बहारावर्गको राज्यसत्ता स्थापना गर्ने महान लक्ष्य राखेर थालनी गरिएको जनयुद्धले गणतन्त्र स्थापना राजतन्त्रको अन्त्य अन्याय अत्याचार बिरुद्ध र नेपालको आमुल परिवर्तनका निम्ति खट्नु भएका माओवादीको तत्कालीन कमान्डर र अहिलेका प्रधानमन्त्री हुनुहुन्छ ।
टिकुलियाको लालबकैया पुल निर्माणका लागि ढिलासुस्ती किन ? के मुलुकमा परिवर्तन र बिकासको लागि अझ पनि सहिद हुनै पर्ने हो?यदि हो भने एक हप्ता भित्र लालबकैया पुल निर्माणका लागि कुनै निर्णय या ठोस सम्झौता नभए सरकारले नसोचेको कदम चाल्न बिबस हुनेछु र त्यसको सम्पुर्ण जिम्मेवार तपाईं र राज्य हुने जानकारी गराउन चाहन्छु ।

•तपाईको नागरिक
-संजय सहनी
रौतहट गौर(४ टिकुलिया नेपाल
पेशा -पत्रकारीता
स- सचिब नेपाल पत्रकार महासंघ रौतहट
९८५५०४०८७२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here