जनकपुर ।। उपराष्ट्रपति नन्द बहादुर पुनले शान्ति सम्झौता भएको १६ वर्ष पुग्दा पनि शान्ति प्रक्रियाको काम पुरा नभएकोमा चिन्ता व्यक्त गरेका छन् । जनयुद्ध दिवसको अवसरमा मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेश शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रियाको बाँकी काम चाँडै पूरा गर्नुपर्ने बताएका हुन् ।
‘शान्ति सम्झौताको मुख्य दुईवटा काम अझै बाँकी छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ताको छानबिन आयोगले गर्नुपर्ने काम सम्पन्न गर्न सकिएका छैनन,उपराष्ट्रपति पुनले भने,‘शान्ति प्रक्रियाको यो काम टुंगोमा पु¥याउनका लागि म संघीय सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । शान्ति सम्झौताको बाँकी कामलाई छिटो टुंगोमा पु¥याउनुस् ।’
दिवसको अवसरमा ५४० जना सहिद परिवारलाई एक लाखको दरले रुपैयाँ हस्तान्तरण गरेको छ ।
मधेश सरकारले मनाई रहेको दोस्रो जनयुद्ध दिवसको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्धका सहिद रामवृक्ष यादवका परिवारका सुधा यादवलाई एक लाखको चेक हस्तान्तरण गरेका हुन् । उपराष्ट्रपति पुनले जनयुद्धका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
बाँकी सहिद परिवारलाई खातामै रुपैयाँ पठाइने गृह तथा सञ्चार मन्त्रालयका सचिव राम कुमार महतोले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here