रामविश्वास मुखिया ।। रौतहट ।। राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रम अन्तर्गत पालिकास्तरीय याेजना तर्जुमा तथा बहुनिकाय गाेष्ठी आज राजदेवी नगरपालिकामा सम्पन्न भएकाे छ ।

राजदेवी नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा राजदेवी न पा ९ मा रहेकाे माध्यमिक विद्यालय ब्रह्मपुरीकाे सभाहलमा साे गाेष्ठी सम्पन्न भएकाृ हाे । राैतहटबाट हात्तीपाइले उन्मुलनकाे लागि ” हात्तीपाइले विरूद्धकाे औषधी खाऔँ, याे वर्षलाई अन्तिम बनाऔँ ” भन्ने श्लाेगन सहित सुरू गरिएकाे साे गाेष्ठीमा हाल राैतहटकाे अवस्था बारेमा जानकारी गराइएकाे थियाे ।

पालिकाकाे जिम्मेवार पदाधिकारी, स्वास्थ्यकर्मी तथा शिक्षकहरूकाे सहभागिता रहेकाे साे गाेष्ठीमा हात्तीपाइले विरूद्धकाे औषधी खाँदा कुनै पनि गम्भीर असर नपार्ने बताउँदै प्रशिक्षकले औषधीकाे बारेमा रहेकाे नकारात्मक साेचलाई हटाई यसकाे प्रयाेगमा ध्यान दिनुपर्ने कुरामा जाेड दिनुभएकाे थियाे ।

नेपाल सरकारले सन २०३० सम्म हात्तीपाइले उन्मुलन गर्नुपर्ने लक्ष्य लिएकाे बताउँदै जनस्वास्थ्य अधिकृत मनिषा ढकालले साे लक्ष्यमा केन्द्रित भइ स्वास्थ्यकर्मीले जिम्मेवारीपूर्ण ढंगले यसकाे उन्मुलनमा लाग्नु पर्ने बताउनु भयाे । साे गाेष्ठीमा राजदेवी नगरपालिकाकाे मेयर भिखारी प्रसाद यादव, उपमेयर राज कुमारी देवी साह, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ,सबै वडाका वडाध्यक्षहरू,समाजसेवी पवन किशोर साह, स्वास्थचाैकी प्रमुख, स्वास्थ्यकर्मी तथा पालिकाभित्रका मा वि काे प्रधानाध्यापक, शिक्षककाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा जनस्वास्थ्य अधिकृतद्वय हरेन्द्र गुप्ता,मनिषा ढकाल र राजदेवीकाे स्वास्थ्य शाखा प्रमुख सुबाेध साहले सहजीकरण गर्नु भएकाे थियाे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here