रौतहट ।। रौतहटको चन्द्रपुरमा एक छोराले आफ्नो बुबाको हत्या गरेको छ । घरमा समान्य विवाद भएको कारण व्यक्गित रिसवि साधन छोराले बुवाको हत्या गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ हातेमालो सामुदायिक वन निर घरको ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नो बुबाको हत्या गरेको थियो ।राईले चिर्पटले टाउकोमा प्रहार गरेर ५५ वर्षीय बुबा निरकुमारको हत्या गरेको प्रहरीले जनाएको छ । राईलाई राति नै प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएका छ्न । बाबु र छोरा बीच राति अलिकति विवाद हुँदा छोरा प्रकाशले चिर्पटले हानेका थिए । बुबा निरबहादुरको टाउको, निधारको दाहिने भाग, बायाँ गालामा गम्भीर चोट लागेर घाइते भइ तत्काल चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाए । घटना लगत्तै इलाका प्रहरीका डिएसपी सन्तुप्रसाद जैसवार राईको घर पुगेर छोरा प्रकाशलाई नियन्त्रणमा लिएका थिए । घटनाको थप अनुसन्धान भइरहेको र छोरा प्रकाशले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएका छन । मृतक राईको शव पोष्टमार्टमका लागि चन्द्रपुर अस्पतालमा राखिएको थियो ।
रौतहटमा छोराले गरे आफ्नै बुबाको हत्या
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।