जनकपुर ।। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिमण्डल विस्तार गर्न लागेका छन्। सत्तारुढ दलहरु नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत र नेकपा माओवादी केन्दलाई समेटेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्।
प्रदेश सरकारको ७ वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन्।प्रदेश सरकारको सातवटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका छन्। जसअनुसार जसपाबाट सुरिता साह, सिंहासन साह कलवार र प्रमोद जयसवाललाई मन्त्री मण्डलमा सामेल गर्न लागिएको हो।
त्यस्तै नेकपा एमालेबाट राजकुमार लेखी र शारदा थापा मन्त्री बन्न लागेका श्रोतको दाबी छ। जनमत पार्टीबाट संसदीय दलका नेता महेश यादव र माओवादी केन्द्रबाट भरत प्रसाद साह तथा सुनिता यादवको नाम मन्त्री बन्ने सूचीमा परेको हो। मन्त्रीमण्डल विस्तार गर्ने र शपथ ग्रहण ४ बजे गरिने जानकारी प्रदेश प्रमुखको कार्यालयलाई दिएपछि प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको तयारी पुरा गरेको छ। यद्यपि साढे चार बज्न लाग्दासमेत सरकारका मुख्यमन्त्री र शपथ ग्रहण गर्ने मन्त्रीहरू न पुग्दा शपथ ग्रहणमा ढिलाई भएको छ। भागवण्डा नमिल्दा शपथ ग्रहण ढिलाई भएको स्रोतको दाबी छ।





