विराटनगर ।। लुम्बिनी प्रदेशमा रिक्त संसदको माथिल्ला सदन राष्ट्रियसभा सदस्यका लागि माघ २५ गते हुने उपनिर्वाचनको लागि बुधवार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । दुवै रोल्पाका हुन् । एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधि सभामा उम्मेदवार बन्न राजीनामा दिएपछि पद रिक्त थियो ।
निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष,, उपाध्यक्ष गरी ३०५ मतदाता छन् । प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ २१८ मतदाता छन् । माघ १२ गते उम्मेदवारबारे उजुरी दिने, माघ १३ र १४ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको कार्यालयले जनाएको छ ।
प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २–२ तथा राप्रपा र जनता प्रगतिशीलले १–१ स्थानमा जितेका छन् । ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादी केन्द्रले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४–४, जसपा, लोसपा र जनमतले ३–३ तथा जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १–१ र स्वतन्त्रबाट २ जनाले जितेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here