काठमाडाैं ।। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहा मगरले पदभार ग्रहण गरेका छन्। गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा मङ्गलवार नियुक्त गाहा मगरले बुधाबार पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै उनले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने शान्ति सुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्यूरो लगायतका कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानुन, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा तर्जुमा प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।
मन्त्री गाहा मगरले पदभार ग्रहणसँगै मन्त्रालय परिसरमा वृक्षरोपण र गण्डकी प्रदेशका सुरक्षानिकायका प्रमुखहरूसँग भेटघाटसमेत गरेका छन्।
गत पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त खगराज अधिकारीले मङ्गलवार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।
गण्डकी प्रदेशका कानूनमन्त्री गाहा मगरद्वारा पदभार ग्रहण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।