काठमाडाैं ।। बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने निर्णय गरेको छ । हाल १४ वटा मन्त्रालयको सङ्ख्या घटाएर ११ वटा बनाउने निर्णय भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । उहाँले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने र आफ्नो मन्त्रिपरिषद्मा राज्यमन्त्री नराखिने बताउनुभयो । मन्त्रालय घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर सङ्ख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको थियो । कार्यदलले आज अन्तिम दिन प्रतिवेदन बुझाएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here