काठमाडाैं ।। सभामुख, उपसभामुखको निर्वाचन सकिएसँगै सरकारमा रहेका र नरहेका राजनीतिक दलहरूको ध्यान राष्ट्रपति चयनमा केन्द्रीत भएको छ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशसरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकुलका व्यक्तिलाई सभामुख, उपसभामुख बनाएको र यसले संविधानमाथि खतरा रहेको दाबी गर्नुभयो । प्रवक्ता महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री प्रचण्डको परीक्षा हुने टिप्पणी गर्नुभयो । काँग्रेसका अरु नेताले पनि राष्ट्रपतिमा समर्थन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीले समर्थन गरेको दाबी गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रपतिमा सहमति होस् भन्ने आफ्नो चाहाना भएको बताउँदै आउनुभएको छ । सरकारमा रहेका दलले संवैधानिक पद बाँडफाँड गर्दा प्रधानमन्त्री माओवादी केन्द्रलाई, राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति गरेका छन् । उक्त सहमतिपछि पनि प्रधानमन्त्रीले राष्ट्रपतिमा सहमति भइदिए राम्रो हुने थियो भन्दै आउनुलाई सरकारमा रहेका दलले पनि शङ्काको दृष्टिले हेर्दै आएका छन् । माओवादी केन्द्रका नेता जनार्दन शर्माले भने सरकारमा रहेका दलले उठाएका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचति हुने हिजो संसदको बैठकपछि पत्रकारसँग बताउनुभयो । राष्ट्रपतिमा काँग्रेसले अपेक्षा गर्नु र प्रधानमन्त्रीले सहमति गर्न खोज्नुको कारण के होला ? यो प्रश्नको जवाफमा एकजना विश्लेषक पुरुषोत्तम दहालले २ वर्षपछि प्रधानमन्त्री एमालेलाई दिनुपर्दा शक्तिशाली सबै पदमा आफू नभइने डर नेकपा माओवादी केन्द्र र उसका नेतामा देखिएको टिप्पणी गर्नुभयो । ‘अहिलेका राष्ट्रपतिले नागरिकता विधेयकलगायतका संसदका केही सिफारिस गम्भीर कारण देखाएर रोक्नुभएको छ । सभामुख, राष्ट्रपतिमा एमालेका उम्मेदवार निर्वाचित हुँदा काम गर्न समस्या हुन्छ कि भन्ने पनि प्रधानमन्त्री प्रचण्डलाई लागेको देखिन्छ ।’ दाहालले भन्नुभयो । अहिले सरकारमा रहेका दलहरूबीच शक्तिशाली पदमा भाग लगाउँदा आलोपालो गर्ने भनिएको छ । त्यो कार्यान्वयन गर्ने हो भने माओवादी केन्द्रले प्रधानमन्त्री छोड्दा सभामुख एमालेले छोड्नुपर्ने कतिपयको तर्क रहने गरेको छ । विश्लेषक दाहालका अनुसार काँग्रेस पनि साथैमा रहेको देखाएर नेकपा एमालेलाई गलाउने रणनीतिमा प्रधानमन्त्री प्रचण्डको ध्यान केन्द्रीत भएको हुनसक्छ । यस्तो अवस्थामा एमाले राष्ट्रपति पदमा भएको सहमति र गरिरहेको दाबीबाट पछि हट्ने काँग्रेस र माओवादी केन्द्रका कतिपय नेताहरूले अनौपचारिक रूपमा बताउने गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here