सुर्खेत ।। सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । छेन्चुबाट सुर्खेतका लागि छुटेको प्रदेश १ ०२६ च ९२१३ नम्बरको जिप सडकबाट तल खस्दा घाइते भएका ४ जनाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर जिप चालक सुर्खेतको विरेन्दं्रनगर नगरपालिका ७ का २७ वर्षका सागर शाही, दैलेखको भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षका बबिन शाही, डुङ्ग्रेश्वार– ३ का ३३ वर्षका दिपेन्द्र जङ्ग शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का ३६ वर्षका राजेन्द्र बिसीको उपचारको क्रममा मृत्यु भएको हो । घाइते दैलेखको भैरवी गाउँपालिका ५ का २५ वर्षका विरेन्द्रराज शाहीको सुर्खेतमै उपचार भइरहेको छ । सुर्खेतको विरेन्दं्रनगर नगरपालिका ११ झुप्राखोलामा आज बिहानीपख जिप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच ललितपूरको लामाटारमा मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । ढुङिनबाट लूभूतर्फ आइरहेको प्रदेश २ ०४० प १३२० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विजुलीको पोलमा ठोक्किँदा घाइते भएका इमाडोल बस्ने अर्घाखाँचाका २२ वर्षका शिशिर भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उहाँको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here