काठमाडाैं ।। लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सत्तारूढ गठबन्धनले आज नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्रीको लागि दाबी पेश गर्दैछ । एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले अपरान्ह ४ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरिने बताउनुभयो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । शीर्ष नेताहरूको भागबण्डाअनुसार लुम्बिनीमा मुख्यमन्त्री एमाले, सभामुख माओवादी केन्द्र र उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पाउने सहमति छ । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार गत बुधबार प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेस गर्न ७ दिनको समय सीमा दिनुभएको थियो । जसअनुसार भोलि दिउँसो ४ बजेसम्म सरकार गठनको लागि दाबी पेश गर्नुपर्नेछ ।
लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।