धनुषा ।। जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव चयन हुनु भएको छ । चुनावी प्रकृयामा जाँदा मुख्यमन्त्री लालवावु राउतले उम्मेदवारी फिर्ता लिएपछि यादव सर्वसम्मत चयन हुनु भएकाे हाे । नेता उपेन्द्र यादव पनि सराेज यादवको पक्षमा पनि रहनु भएकाे थियाे ।
मधेस प्रदेशको मुख्यमन्त्री जसपाको कोटामा परेकाले अगामी मुख्यमन्त्री सरोज यादव नै हुने सम्भावना रहेको छ ।
मधेस प्रदेश संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्र चुनाव भएको छ ।
कांग्रेसको संसदीय दलमा कृष्णप्रसाद यादव निर्वाचित हुनु भएकाे छ भने जनमत पार्टीले महेश यादव र नेकपा एमालेले सरोज यादवलाई सर्वसम्मतरुपमा दलको नेता चयन गरेकोछ । लोसपाको संसदीय दलको चुनाव भने हुन बाँकी रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here