काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताबीचको एकतारुपी संसद् विरलै देख्न पाउने भन्दै नेपालको संसद्प्रति गर्व गर्नुपर्ने बताउनुभएको छ । सङ्घीय अधिवेशनको पहिलो बैठकमा आज सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
बहुजातीय, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा विविधता नै नेपालको पहिचान र शक्ति भएको उहाँले बताउनुभयो । संसद् बैठकमा सांसदहरूले लगाउनुभएको पहिरन र पोसाकले नेपालको पहिचान झल्काएको उहाँले चर्चा गर्नुभयो ।
साझा उद्देश्य र कामका लागि सबै राजनीतिक दल, सांसदहरू एक ठाउँमा उभिएर सम्बोधनको प्रयास गर्नुपर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभामा नयाँ दल र सांसदहरूको अहिले प्रवेश भएको चर्चा गर्नुहुँदै उहाँले त्यो लोकतन्त्र र नागरिक सम्प्रभुताको वेग भएको उहाँले बताउनुभयो । यो संसद्का लागि नयाँ पुँजी भएको उहाँले बताउनुभयो । उहाँले सबै सांसदलाई संसद् बैठकमा स्वागत गर्नुभयो ।
राजनीतिलाई भावना र उत्तेजनाभन्दा पनि आर्थिक समृद्धिका निम्ति पहल लिनुपर्ने उहाँले बताउनुभयो । आर्थिक क्रान्तिका लागि साझा प्रयास गर्नुको विकल्प नरहेको भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सबैको साझा र प्रयासले नै नेपाल समृद्ध बन्ने बताउनुभयो ।
सबैको साझा र प्रयासले नै नेपाल समृद्ध बन्छ-प्रधानमन्त्री प्रचण्ड
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।