जनकपुर ।। मधेस प्रदेशका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ । दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा उहाँले शपथ लिने कार्यक्रम तयभएको छ ।७१ वर्षका न्यौपानेले आज शपथ लिएपछि भोलि २ बजे प्रदेश सभाका सदस्यहरूलाई शपथ ग्रहण गराउने प्रदेश सभा कार्यालयले जनाएको छ । प्रदेश सभाका सचिव रञ्जितकुमार यादवका अनुसार मधेस प्रदेश सभामा १ सय ७ जना सदस्य छन् । भोलि हुने शपथ कार्यक्रममा माओवादी केन्द्रका सांसद मालाकुमारी कर्ण र मोहद रजी हैदरबाहेकका सांसद्ले सपथ ग्रहण गर्नेछन् । उनीहरुविरुद्ध अदालतमा मुद्दा परेको छ ।प्रदेश सांसदहरुलाई आफ्नो मातृभाषामा समेत शपथ लिन पाउने व्यवस्था गरिएको सचिव यादवले बताउनुभयो । आवेदनअनुसार सांसदहरुले मैथिली, भोजपुरी, अवधि, थारु, बज्जीका र उर्दू भाषामा समेत शपथ लिनेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here