रौतहट ।। अचानक बढेको चिसोको कारन जनजीवन प्रभावित भएको छ ! मंगलवार देखि तीब्र रुपमा चलेको हावा सँगै बढेको चिसोले रौतहटमा नराम्रो असर परेको हो !
बिहान देखि पच्छिमी हावा र बाक्लो हुसूको कारन जनजीवन कस्टकर बन्दै गएको र दैनिकी कामकाज समेत प्रभावी भएको छ ! सदरमुकाम गौरमाँ रहेको सरकारी कार्यालय तथा स्थानीय तह को कार्यालयहरुमा काम गराउने आउनेहरुको संख्या पातलिदै गएको हो !
घाम लागेको बेला भरी भराऊ रहने रौतहट जिल्ला अदालत , मालपोत कार्यालय , नापी कार्यालय , जिल्ला प्रशासन कार्यालय अहिले बढेको चिसोको कारन सेवाग्राहीको चाप न्यून देखिएको छ !
एक्कासि बढेको चिसोले हाथ खुट्टामा कनकनाहट हुने गरेकोले मोटर साइकल , साइकल चलाउनमा सर्व साधारणलाइ समस्या भई रहेको कारन सड़कमा यात्रा गर्नेको संख्यामा पनि कमी आएको छ !
चिसोको कारन बृद्ध बृद्धा तथा विद्यालयमा अध्यन गर्ने बाल बालिकाहरु अधिक प्रभावित भएको छ ! जिल्ला विपद व्यवस्थापन समितिले जाड़ो बाट बचन गर्ने पूर्व तयारी बलियो देखिएको छैन ! जाड़ोको याममा हुने जोखिम तथा हूँ सकिने मानवीय क्षतिको बारेमा स्थानीय तहले आर्थिक रुपमा कमजोर भएका व्यक्ति र परिवारलाइ न्यानो कपडा तथा ठाउ ठाउमा दाउराको व्यवस्थापन गर्नु पर्ने जरुरी रहेको छ !
गौर नगरपालिकाले गौरमा सार्वजानिक ठाउमा आगो तापनको लागि दाउराको व्यवस्था गरे पनि अन्य स्थानीय तह ले यस्तो कार्य प्रति सक्रियता निर्वाह गर्न सकिएको छैन ! चिसोको समयमा सावधानी अपनाउन चिकित्सकहरुको सुझाव रहेको छ ! वीना काम घर भन्दा बाहिर ननिस्कन तथा जानै पर्ने अवस्था आउदा न्यानो लुगा लगाएर हिड्नु पर्ने स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ !
बढेको चिसोको कारन जनजीवन कस्टकर बन्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।