काठमाडौँ ।। सिके राउत नेतृत्वको जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय लिने भएको छ । संसद भवन, बानेश्वरमा सोमबार बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकमा जनमत पार्टीले यो मन्त्रालय लिने सहमति भएको हो।
सांसदको रुपमा धेरै काम गर्न सक्ने अवस्था नभएकाले आफ्नो दलले सरकारमा जाने निर्णय गरेको अध्यक्ष सीके राउतले सञ्चारकर्मीसँग बताए।
उनले भने, ‘हामीले उद्योग मन्त्रालय पाएको छौँ, हाम्रो पार्टीको तर्फबाट पार्टीका उपाध्यक्ष अब्दुल खान सरकारमा जानु हुन्छ।’
प्रतिनिधिसभामा ६ सांसद भएको जनमत पार्टीमा सीके राउत आफैं भने सरकारमा नजाने बताएका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।