रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ४ बाट सशस्त्र प्रहरी बल नेपालको टोलीले लुकाई राखेको अवस्था मा नौनी घिउ बरामद गरेको छ ।
विशेष सुचनाको आधारमा गएको शसस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण बाट खटि गएको टोलीले स्थानीय शिव मंगल चमारको गोठ घरमा लुकाएर राखिएको अवश्थामा १६०० किलो घिउ बरामद गरिएको हो ।
तस्करीको हब बनेको रौतहटको ईशनाथ नगरपालिका अंतर्गतको बंजरहा, औरैया ,लत्मरÞी , मठिया नाकाबाट दिनहु तस्करी भई रहेका छन । लालबकैया नदी पारीको नाकाबाट महीनै पिच्छै नेपाली तथा भारतीय रकम पक्राउ पर्नु , तस्करीको चीनी बरामद हुनु , भारतीय मलखाद फेला पर्नु प्रहरी प्रशासनको कमजोरी पुस्टि गरिरहेको छ ।
गोठ घर बाट बरामद भएको ८ लाख ५३ हजार मूल्य बरावरको नौनी घिउ कार्यवाहिको लागि जिल्ला भन्सार कार्यालय गौरमा चलान गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हज्मीनियाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here