एजेन्सी ।। थाइल्याण्डमा आएको बाढीका कारण कम्तिमा दुई लाख परिवार प्रभावित भएका छन् । अहिलेसम्म ७ जनाको शव भेटिएको छ भने दुई जना घाइते भएका छन् । बाढीले दक्षिणी प्रदेशका नखोनसी थम्मरात, फत्थलुङ, सोङ्खला, पट्टनी, याला र नराथीवाट लगायत ५७ जिल्लाका २ लाख १० हजार ५ सय ५२ घरधुरी प्रभावित भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । थाइल्यान्डमा गत आइतवारदेखि अस्ति बुधवारसम्म हावाहुरीसहित भारी वर्षा भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।