जनकपुर ।। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचन सम्पन्न भएको अवसरमा आयोजित चियापान कार्यक्रममा उनले भने, ‘हामीले मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छौँ ।’
पत्रकारहरूसँग कुराकानी गर्दै उनले थपे, ‘मधेश प्रदेशमा त हामी निर्णायक हौँ नि त ! त्यसैले त्यहाँको हाम्रो दाबी स्वाभाविक रहन्छ । फेरि जनताले पनि जनमतलाई हेरौँ भनेका छन् ।’
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गठबन्धनमा सहभागी हुने बचनबद्धता गरिसकेका उनले त्यसबापत् प्रतिनिधि सभामा बहुमत पुर्याइदिने बताए । ‘केन्द्रमा हामीले अपुग सांसदमा बहुमत पुर्याइदिन सक्छौँ,’ उनले भने । संसदीय दलको नेतामा अध्यक्ष राउत चयन भएका छन्। पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो।
डा, राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन्।





