काठमाडाैं ।। देशभर अधिकतमसँगै न्यूनतम तापक्रम पनि घटेपछि चिसो बढेको छ । भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको प्रभावले देशका धेरै ठाउँको मौसम आशिंक बदली हुँदा चिसो बढेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार आज र भोलि दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको एकदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो । चिसोका कारण बालबालिका र वृद्धवृद्धामा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले उनीहरुको विशेष ख्याल गर्न डाक्टरहरूले सुझाव दिएका छन् । चिसोका कारण बालबालिका र बुढाबुढीमा श्वासप्रश्वास सम्बन्धी समस्या, निमोनिया, पखाला लाग्ने लगायतका समस्या देखिने भएकाले उनीहरुको विशेष ख्याल गर्नुपर्ने डाक्टरले सुझाव दिएका हुन् । प्राध्यापक डाक्टर दिनेश लम्सालले केही समयअघि देखिएको कोभिड र डेङ्गीको समस्या कम हुँदै गएपनि चिसोका कारण हुने स्वास्थ्य समस्याबाट जोगिन आवश्यक रहेको बताउनुभयो । चिसोबाट जोगिन कोठाभित्र हिटर, ब्रिक्वेट, कोइला आदि बाल्दा सावधानी अपनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
देशभर चिसो बढ्यो, बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गर्न डाक्टरको सुझाव
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।