काठमाडौं । हरेक वर्षजस्तै आज पुस १ गते पाँचौं राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।राष्ट्रिय झण्डा दिवसमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल– श्रद्धावन नेपाल तथा राष्ट्रिय झण्डा दिवस मूल समारोह समितिले काठमाडौंमा र्‍याली निकालेको छ ।
राष्ट्रिय झण्डा दिवसका अवसरमा बसन्तपुरमा दिवस मनाइएको हो । सो क्रममा माइतीघरदेखि बसन्तपुरसम्म र्‍याली गरिएको हो । सन् १९६२ डिसेम्बर १६ मा संयुक्त राष्ट्र संघमा नेपालको झण्डा दर्ता भएको दिन पारेर २०७५ सालदेखि यो दिवस मनाउँदै आइएको छ।
यो दिवसलाई सरकारले राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने प्रतिष्ठानको माग छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here