रौतहट ।। रौतहटको गढीमाई नगरपालिका नगर प्रमुख श्याम प्रसाद यादवले कोल्ड स्टोरको शिलान्यास गर्नु भएको छ ।
गढीमाई नगरपालिका नपा वार्ड नं. १ समनपुरमा करिव ७ करोड ९२ लाख लागतमा बन्न लागेको कोल्ड स्टोर (भण्डार) भवनको शिलान्यास गरिएको हो ।
नेपाल सरकारको ससर्त अनुदानमा निर्माण हुन लागेको कोल्ड स्टोर (भण्डार) भवनले यस क्षेत्रका किसानहरुलाई प्रत्यक्ष लाभ पुग्ने मेयर यादव बताउदै, कोल्ड स्टोरको अभावमा गढीमाई नगरपालिकाका कृषकहरूले भोग्दै आएको समस्यलाई मध्य नजर गर्दै निर्माण कार्य अघि बढाइएको बताए ।
नेपाल सरकारको ससर्त ५० प्रतिशत अनुदन तथा पालिकाको ५० प्रतिशत लगानीमा कोल्ड स्टोर (भण्डार) निर्माण भई हुन लागेका लेखा प्रमुख कामेश्वर सहनीले जानकारी गराए ।
शिलान्यास कार्यक्रममा गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, वडा नं. १का वडाध्यक्ष रामपुकार यादव लगायतका जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
मेयर यादवद्वारा कोल्ड स्टोर शिलान्यास
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।