काठमाडौं ।। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । समानुपातिकतर्फको बुधबार पौने ४ बजेसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायम छ ।
समानुपातिकतर्फ एक करोड १ लाख ३९ हजार ७२१ मतगणना हुँदा एमालेले अग्रता कायम राखेको छ । निर्वाचन आयोगका अनुसार एमालेले २७ लाख १३ हजार ८२५ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । उसको पक्षमा २५ लाख ७७ हजार ३९० मत खसेको छ । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ११ लाख ५० हजार ६६३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १ हजार १६२ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७५ हजार १३ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here