रौतहट ।। रौतहट जिल्लामा १६८ जना उम्मेवारको धरौटी रकम जफत भएको छ । मङ्सिर ४ गते संपन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष निर्वाचन प्रणाली तरफ खसेको कुल मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधि सभा सदस्य तरफको ५८ जना र प्रदेश सभा सदस्य तरफको ११० जनाको जमानत जफत भएको हो ।
४ जना प्रतिनिधि सभाको लागि ६७ जना र ८ जना प्रदेश सभा सदस्य पदको लागि १३५ जना गरी २०२ जना उम्मेदवार निर्वाचनमा भाग लिएका थिए जस्मा सवै भन्दा बढ़ी संख्या स्वतंत्रको रहेको थियो ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले प्रतिनिधि सभामा ५८ र प्रदेश सभामा ११० जना उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसके पछि धरौटी जफत भएको बताएका छन । उहाले प्रतिनिध सभामा ९ र प्रदेश सभामा २५ जना उम्मेदवारले धरौटी बचाउन सफल भएको बताए ।
प्रतिनिधि सभा १ बाट नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल , निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतंत्र उम्मेदवार किरण साह , निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतंत्र उम्मेदवार प्रभु साह र निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सिना निर्वाचित भएको बाहेक ५ जनाले आफ्नो जमानत बचाएका हुन ।
नेकपा एमालेका अजय कुमार गुप्ता , नेपाली कांग्रेसका डाक्टर फिरदोस आलम , स्वतंत्र उम्मेदवार ओम प्रकाश जायसवाल , रविन्द्र पटेल , नेकपा एमालेका उद्धव रेग्मीले जमानत जोगाउन सफल भएको निर्वाचन अधिकारी दास ले बताए ।
प्रतिनिधि सभा तरफ १२ हजार ८ सय ८० र प्रदेश सभाको प्रत्यक्ष तरफ ९ हजार ३ सय ७८ मत बदर भएको छ भने समानुपातिक तरफको प्रतिनिधि सभामा १७ हजार ७ सय १५ र प्रदेश सभा तरफ १७ हजार ८ सय ५१ मत बदर भएको छ ।
प्रतिनिधि सभा तरफ ४ दशमलव ५६ प्रतिशत , प्रदेश सभा तरफ ३ दशमलव ३३ प्रतिशत तथा समानुपातिक तरफ मा प्रतिनिधि सभा ६ दशमलव १९ प्रतिशत र प्रदेश सभा तरफ ६ दशमलव ३४ प्रतिशत मत बदर रहेको छ ।
मतदाता शिक्षाको कमी कमजोरिको कारन मत बदर भएको अधिकारी दासको भनाइ रहेको छ । कार्तिक १८ गते देखि ३० गते सम्म मतदाता शिक्षा सञ्चालन गर्नु पर्ने जिम्मेवारी स्थानीय तहलाइ रहेको बताउँदै दास ले जनशक्तिको आभावले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जिकिर गरे ।
निर्वाचनमा भाग लिएका राजनितिक दलका उम्मेदवार तथा स्वतंत्र उम्मेदवारलाइ मतगणना सकिएको मिति देखि ३५ दिन भित्र खर्च विबरण बुझाउन सुचना जारी गरी सकिएको जानकारी गराउँदै तोकिएको समयमा खर्च विबरण विल भरपाई सहित नबुझाउने उम्मेदवारलाइ निर्वाचन आयोगले कानून बमोजिम जरिवाना गर्ने समेत जानकारी गराए ।
४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेको रौतहटमा प्रतिनिध सभा सदस्य निर्वाचनको प्रत्यक्ष तरफमा २ लाख ८२ हजार ४३० मत ६७ दशमलव ९८ प्रतिशत खसेको थियो । प्रदेश सभा मा २ लाख ८१ हजार ७६९ मत ६७ दशमलव ८२ प्रतिशत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटको तथ्यांक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here