रौतहट ।। रौतहट क्षेत्र नं. १ का प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार राजकिशोर यादव फराकिलो मतान्तर सहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र साहको भन्दा १ सय ८६ मत बढी ल्याउँदै राजकिशोर यादव अग्रता कायम राखेका हुन । यादवको ७ हजार ६९ मत रहेका छन् भने साहको ६ हजार ८८३ मत प्राप्त गरेका छन् ।
त्यस्तै जनमत पार्टीका उम्मेदवार ललित मलिक १ हजार ६४१ मत लयाएका छन । स्वतन्त्र उम्मेदवार बाबुलाल साह २ हजार ५६० मत लयाएका हुन । साह यो भन्दा पहिले राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए ।
त्यस्तै स्वतन्त्र उम्मेदवार विक्रम यादव १ हजार ४३० मत प्राप्त गरेका छन् भने स्वतन्त्र सोहेल तैयबले १ हजार ३ सय ९३ मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here